काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले ईश्वर प्रधानलाई कम्पनी सचिव नियुक्त गरेको छ ।
कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले कम्पनीमा मुख्य प्रबन्धकको जिम्मेवारीमा रहेर काम गरिरहेका प्रधानलाई कम्पनी सचिव नियुक्त गरेको हो ।
यसअघि कम्पनी सचिवको रुपमा काम गर्दै आएका कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारीले कार्यव्यस्तताका कारण सो जिम्मेवारी वहन गर्न नसक्ने बताएपछि नयाँ कम्पनी सचिव नियुक्त गरेको कम्पनीले जनाएको छ ।
कम्पनी सचिवमा रही सेवा पुर्याएबापत कम्पनी सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई धन्यवाद दिएको छ ।
FACEBOOK COMMENTS