काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीकोले जेठ १७ गते आठौं वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले जेठ ६ गते बुक क्लोज गर्ने भएको छ । जेठ ५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायत प्रस्ताव रहेको छ ।
सभा अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट्स बत्तीसपुतली काठमाडौंमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।
FACEBOOK COMMENTS