काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले एनपीएस–नेशनल कार्ड स्विच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एसीएचएल) सँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत, राजेशकुमार पण्डा, सल्लाहकार छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याललगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।
सम्झौतासँगै बैंकले डोमेस्टिक कार्ड योजना नेपालपे कार्ड जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागी स्विच एकीकृत गर्न सक्नेछ ।
नेपाल एसबीआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
FACEBOOK COMMENTS