काठमाडौं । नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पर्साको वीरगन् स्थित महानगरपालिका आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि स्कूल ब्याग तथा शैक्षिक सामग्री प्रदान गरेको छ।
बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले महानगरपालिका आधारभूत विद्यालयका प्रधानाध्यापकलाई एक कार्यक्रमका बीच उक्त सामग्रीहरू हस्तान्तरण गरेका थिए।
सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, प्रवीण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, रोशन कोइराला, बैंकका मधेश प्रदेश प्रमुख, रितेश अर्याल र बैंक तथा स्कुलका अन्य पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो। बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ।
नेपाल एसबिआई बैंकले बिगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट कार्यालय र १२७ एटिएम सञ्चालनमा छन्।