काठमाडौं । नेपाल एसबीआई बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले २० लाख इकाई ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । २० लाख इकाइमा ८ लाख इकाई सर्वसाधारणका लागि निष्कासन गर्ने छ भने बाँकी १२ लाख इकाई बैंकले आफ्नै पहलमा विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले १० वर्ष अवधिका लागि ‘नेपाल एसबीआई बैंक डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको हो । यसको वार्षिक ब्याजदर ९.७५ प्रतिशत रहेको छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS