काठमाडौं । नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ । आइसीसी विश्वकप लिग–२ को सिरिज अन्तर्गतको खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ४९.५ ओभरमा अलआउट हुदै २७१ रन बनाएको हो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ७५ रन बनाए भने कारण केसीले ४९ रनको योगदान दिए । त्यस्तै कुशल भुर्तेलले ४७, भिम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाएका थिए ।
त्यसैगरी अमेरिकाका बलर हरमीत सिंहले ३, सौरभ नेत्राभल्कर र नोसथस केन्जिगेले २–२ विकेट लिएका थिए । त्यस्तै जसदीप सिंह र सुभम रन्जानेले एक एक विकेट लिएका थिए ।
बागमतीमा जम्मा भएको फोहोर निकाल्ने मात्र नभई मानिसको मन सफा गर्ने उद्देश्यका महाअभियान सञ्चालन गरिएको उल्लेख गर्दे प्रमुख अभियन्ता पूर्वमुख्य सचिव लिलामणि पौड्यालले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई शहरीकरणका अन्य काममाभन्दा योजनावद्ध रुपमा ढल निर्माण र प्रशोधनमा केन्द्रीत गराउन सुझाव दिए ।
समितिले सन् २०२५—४५ कार्ययोजना तयार गरेको छ । कार्ययोजनामा जलस्रोत संरक्षण र सम्वर्धन गरी नदीहरुमा पानीको मात्र बढाउने, जैविक विविधता संरक्षण गर्ने,दिगो शहरी विकास गर्ने, पानीको गुणस्तर र मात्रामा सुधार गर्ने,नदीको बहाव क्षेत्र र सार्वजनिक जग्गाको संरक्षण गर्नेलगायतका उद्देश्य राखिएका छन् । कार्ययोजना कार्यान्वयन गर्न करिब २ खर्ब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
