काठमाडौं । नेपालले युएईलाई २३४ रनको लक्ष्य दिएको छ ।
आइसीसी विश्वकप लिग(२ को त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अल आउट हुदै २३३ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले १०९ रनको शतकीय पारी खेलेका थिए । रोहितले आफ्नो क्यारियरमा दोस्रो एकदिवसीय शतक बनाएका हुन् ।
त्यस्तै आसिफ सेखले ३५, आरिफ सेखले २७ र दिपेन्द्र सिंह ऐरीले २३ रन बनाएका थिए । त्यस्तै करण केसीले १३ रनको योगदान दिएका थिए ।
त्यसैगरी युएईका लागि जाहिद अलीले सर्बाधिक ४ विकेट लिए भने जुनैद सिद्धिकीले ३ तथा मुहमद रोहिद र हैदर अलीले एक एक विकेट लिएका थिए ।


ओडीआईमा नेपालबाट दुई शतक बनाउने एकमात्र ब्याटर बने रोहित

FACEBOOK COMMENTS