भाद्र ३१, काठमाडौँ — सेयर कारोबारको मध्यान्हतिर नेप्सेको घट्नेक्रम झन तीव्र बन्दै गएको छ । जसअनुसार अहिले समाचार तयार पार्दा सम्म नेप्से करिब साढे ९० अंकले घटेर २ हजार ७ सय ९८।५५ विन्दुमा ओर्लेको छ ।
बिहीबार बजार खुलेदेखि नै घट्न थालेको नेप्से करिब साढे २ घण्टामा साढे ९० अंक घटिसकेको छ । गिरावटको क्रम अझै तीव्र बन्दै गएको छ ।
सो अवधिसम्म सेयर बजारमा ५ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु राताम्मे बनेका छन् ।
FACEBOOK COMMENTS