काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको असार मसान्तसमम ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आवको सोही अवधिमा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार रुपैयाँ रहेको छ । कम्पनीको वित्तीय आम्दानी ६ अर्ब ४८ करोड १९ लाख रुपैयाँ रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ कोषमा ७६ अर्ब ५७ करोड ७० लाख ७३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा रहेको छ ।
FACEBOOK COMMENTS