काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ‘नेपाल र अमेरिकाबीचको व्यापार र लगानीसम्बन्धी हालको अवस्था र भविष्यको कार्यदिशा’ विषयक छलफल भएको छ ।
मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको अन्तर निकाय समन्वय समितिको छलफलमा विभिन्न मन्त्रालयका प्रतिनिधि, निजी क्षेत्रको छाता सङ्गठन र वस्तुगत सङ्गठनका अध्यक्ष एवं पदाधिकारीको सहभागिता थियो ।
बैठकमा नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटीपिपि) को निरन्तरता, उक्त एनटीपिपिमा ३१ वस्तु थप गर्ने विषय, अमेरिकाको नयाँ भन्सार नीतिबाट नेपाललाई हुने लाभ तथा जोखिम, हाल कायम गरिएको अतिरिक्त दश प्रतिशत भन्सार शुल्क मिनाहाको पहललगायतका विषयमा छलफल भयो ।
छलफलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिले सरकारले नेपालका लागि लगाइएको थप भन्सार शुल्क मिनाहाका लागि पहल गरिदिन आग्रह गरे । मन्त्री भण्डारीले यस विषयमा पहल भइरहेको र नेपाल ट्रेड पर्फमेन्स प्रोग्राम ९एनटीपिपि०मा ३१ नयाँ वस्तु थप गर्ने विषयमा आवश्यक समन्वय भइरहेको जानकारी दिए ।
हालको अवस्थामा अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य भए पनि अमेरिकासँग व्यापार घाटा कायमै छ । गत आर्थिक वर्षमा मात्र नेपाल–अमेरिका व्यापार करिब रु ४४ अर्ब पुगेको मन्त्रालयले जनाएको छ । नेपालबाट अमेरिका जाने प्रमुख वस्तुमा कार्पेट, पश्मिना, चिया, छुर्पी, कफी, आइटी सेवालगायत छन् । तर, एनटीपिपिअन्तर्गत उपलब्ध सुविधा अपेक्षित रूपमा उपयोग हुन नसकेको बताइएको छ ।
नेपाल–अमेरिकाबीच सन् २०११ मा भएको व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता ९टिआइएफए० अन्तर्गत द्विपक्षीय बैठक जारी रहँदै आएको छ । यसै सन्दर्भमा नेपालले (एनटीपिपि) कार्यक्रमको निरन्तरता, थप ३१ वस्तु समावेश, र नेपालमाथि थपिएको दश प्रतिशत भन्सार महसूल छुटका लागि कुटनीतिक माध्यमबाट अनुरोध गरिएको र विभिन्न बैठकमा समेत पहल गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
FACEBOOK COMMENTS