काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकपका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो ‘वार्म अप म्याच’ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ।
केहीबेरमै सुरु हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ। चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले दोस्रो वार्म अप खेल बिहीबार क्यानडासँग खेल्नेछ। नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ।
FACEBOOK COMMENTS