काठमाडौं । नेपाल वयर हाउजिङको साधारण शेयर आगामी जेठ २० गतेदेखि किनबेच गर्न सकिने भएको छ ।
कम्पनीले सामुहिक लगानी कोषहरूलाई बाँडफाँट गरेको साधारण शेयर ६ महिनापछि अर्थात् आगामी जेठ २० गतेदेखि किनबेच गर्न सकिने भएको हो ।
नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कम्पनीले बाँडफाँट गरेको शेयर ६ महिना पूरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न नपाउने ९लक इन० गरिएको थियो । सो शेयरमा भएको लक इन अवधि आगामी जेठ १९ गते समाप्त हुने कम्पनीले जनाएको छ ।
कम्पनीले यसअघि आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा र सर्वसाधारणलाई छुट्याइएकोमध्येबाट पनि पाँच प्रतिशतले हुन आउने ६८ हजार ७५० कित्ता साधारण शेयर सामुहिक लगानी कोषहरूलाई बाँडफाँट गरेको थियो ।
FACEBOOK COMMENTS