काठमाण्डौ । कोभ्याक्ससँगको लागत साझेदारी मार्फत विश्व बैंकको वित्तिय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि गाभी सँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ । यस सम्झौतासँगै नेपालको कोभिड(१९ विरूद्धको खोपको पुँजीको विविधीकरण र सुदृढीकरण भएको छ । “कोभ्याक्स लागत साझेदारी कार्यक्रम अपनाउने नेपाल शुरुवाती देशहरू मध्येको एक हो र चुनौतिपूर्ण परिस्थितिहरुका बावजूद हामीले नेपालका लागि सुरक्षित र अत्यन्तै प्रभावकारी खोप ल्याउनका लागि यस सम्झौता तय गर्न सफल भएकोमा म अत्यन्तै हर्षित छु” स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्री उमेश श्रेष्ठले भन्नुभयो ।
“मोडेर्ना खोपले १२ बर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरु विस्तार गर्न मद्दत गर्नुका साथै कोभिड पछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रुत गति दिन समेत सघाउने भएको छ ।” यी खोपहरू नेपालमा सन् २०२२को मार्च महिनासम्म आईपुग्ने अपेक्षा गरिएको छ र यसले नेपालका ७२ प्रतिशत जनसंख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समुहका बालबालिका र किशोरकिशोरी लाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने छ । “कोभ्याक्स सुविधा मार्फत कोभिड विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिद गर्नका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौं,” माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भन्नुभयो ।
“यस सहयोग हाम्रो समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश हो जसले नेपालको आपतकालिन स्वास्थ्य क्षेत्रको माग पुरा गर्न र स्वास्थ्यसेवा र खोप वितरण प्रणालीलाई सबल बनाउन सहयोग गर्नेछ ।” श्री जर्भोसले थप्नुभयो । नेपाल सरकारको महामारी विरूद्धको स्वास्थ्य प्रतिकार्यका लागि विश्व बैंकले १०४ मिलियन डलर उपलब्ध गराईसकेको छ । जसअन्तर्गत कोभिड(१९ विरूद्धका खोपहरूको खरिद र विस्तारका लागि ६७.५ मिलियन डलर विनियोजन गरिएको छ । अघिल्लो महिनामा विश्व बैंकका तर्फबाट १००० थान अक्सिजन कन्सन्ट्रेटरहरू र सातवटा अक्सिजन जेनेरेटर प्लान्टहरू ल्याईएको थियो जुन सातै वटा प्रदेशहरूमा स्थापना गरिदैंछ । यी कार्यहरूले भविष्यमा आउन सक्ने महामारीका अन्य लहरहरूसँग जुध्नका लागि सरकारको स्वास्थ्य प्रणाली तयारीलाई सुदृढ बनाउन सहयोग गर्नेछ । कोभ्याक्ससँगको लागत(साझेदारी विकल्प उपयोग गर्ने विश्वका सुरूवाती देशहरू मध्यको एक र दक्षिण एसियाकै पहिलो देश बनेकोमा हामी नेपाल सरकारको सराहना गर्न चाहन्छौं ।“विश्व बैंकका लागि दक्षिण एसियाका भाइस प्रेसिडेन्ट श्री हार्टविग सेफरले भन्नुभयो ।“ यो अभूतपूर्व संकटबाट नेपाली जनता र अर्थतन्त्रलाई उकास्न र उत्थानशिलता सुनिश्चत गर्न नेपालका लागि कोभिड(१९ खोप कार्यक्रम अत्यन्तै महत्वपूर्ण छ र यसका लागि सहयोग र समर्थन जारी राख्न विश्व बैंक पूर्णरूपमा प्रतिबद्ध छ ।”
FACEBOOK COMMENTS