काठमाडौं । नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) इश्वर पोखरेलको कार्यकाल थप गरिएको छ । कम्पनीको सञ्चालक समितिले डीसीईओ पोखरेलको कार्यकाल ४ वर्षका लागि थप गरेको हो ।
भदौ १६ गतेदेखि लागू हुने गरी उनको कार्यकाल थप भएको हो । पोखरेलसँग बीमा र बैंकिङ क्षेत्रमा साढे २ दशक बढीको लामो अनुभव छ ।
साविक युनाइटेड फाइनान्समा महाप्रबन्धक र नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ९ वर्ष काम गरेका पोखरेलसँग नेपाल एसबीआई बैंक, स्टाण्डर्ड चार्टर्ड बैंकमा काम गरेको अनुभव छ ।
FACEBOOK COMMENTS