काठमाडाैँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्ट ‘नेपाल लाइफ पाठशाला’ को अनावरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त प्लाटफर्ममा लग इन गरी उक्त लर्निङ म्यानेजमेन्ट सिस्टम ‘नेपाल लाइफ पाठशाला’ को अनावरण गरेका हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको जनसंख्यामा युवा जनशक्तिको हिस्सा दक्षिण एसियामै सबैभन्दा बढी भएको र यो ऊर्जावान शक्तिलाई उद्यमशीलतामा लगाउन देशको आर्थिक विकास सहज हुने बताए ।
नेपाल लाइफले ल्याएको यस प्लयाटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने र यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा अतुलनीय भूमिका निर्वाह गर्ने बताए । कम्पनीका महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लयाटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको बताए ।
अभिकर्ता बन्ने दृढ इच्छाशक्ति भएको खण्डमा भौतिक तालिमनै लिन कुर्न नपर्ने र आफ्नो अनुकूल समयमा तालिम लिई बीमालाई नेपालीको घरघरमा पुर्याउन सकिने बताए । बीमा उद्योगमा यस्तो प्रविधिमैत्री प्ल्याटफर्मको विकास गर्ने पहिलो कम्पनीको रुपमा नेपाल लाइफ भएको उनको दाबी थियो । तालिम
विभागका प्रमुख रोजेश बस्नेतले उक्त प्लयाटफर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाको बारेमा आफ्नो प्रस्तुतिकरण गरे । त्यस्तै सूचना प्रविधि विभागका प्रमुख शरदचन्द्र प्याकुरेलले डाइनामिक क्युआरको प्रयोग कसरी गर्ने र त्यसको उपयोगिता माथि प्रकाश पारेका थिए ।
पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लयाटफर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताए । नेपाल लाइफको अग्रसरता कायम रहनेमा आफू निर्धक्क रहेको बताए । यस प्लाटफर्मले अभिकर्तालाई झन् सहज हुने बताए ।
कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष नारायण दाहालले करिव दुई दशक अगाडी बीमा अभिकर्ताको तालिम नियामक निकायले मात्र प्रदान गर्ने गरेको र हालको दिनमा घरै बसीबसी तालिम लिन सक्ने अवस्थाको सिर्जना गर्न नेपाल लाइफ सफल भएको बताए । आगामी दिनमा पनि ग्राहकको सेवालाई केन्द्रबिन्दुमा राखेर विभिन्न प्रविधि मैत्री कार्यहरू कम्पनीबाट हुनेमा पनि आशावादी रहेको उनको भनाई छ ।
FACEBOOK COMMENTS