काठमाडौँ । कुवेतमा अति प्रज्वलनशील पदार्थ मेथानोल मिस्रित मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ ।
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले अहिलेसम्म १६ नेपालीको मृत्यु भएको जानकारी दिएको छ । अध्यक्ष एकराज मल्ल र सचिव आङकाजी शेर्पाले शुक्रबार विज्ञप्ति जारी गर्दै १६० बढीको स्थानीय अस्पातलको सघन उपचार कक्षमा उपचारत भइरहेको जनाएका छन् ।
कुवेतस्थित नेपाली दुताबासले ३५ नेपाली मदिरा सेवनबाट अस्पतालमा भर्ना भएको जानकारी प्राप्त भएको बताए पनि मृतकको संख्याको बारेमा स्पष्ट जानकारी दिएको छैन । दुताबासले केहिको गम्भीर अवस्थामा उपचार भइरहेको जानकारी दिएको छ ।
विषाक्त मदिरा सेवनबाट कुवेतमा हाल १६० भन्दा बढी अस्पतालमा भर्ना भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् भने अहिलेसम्म २३ जनाको मृत्यु भएका छन् । अन्य मृतक कुन देशका हुन भन्ने खुलेको छैन श्रमिकको दुखद् निधन भएको छ ।
कुवेतमा मदिरा, लागुऔषध उत्पादन, ओसारपसार र बिक्रि वितरण पूर्णतस् प्रतिबन्धित रहेकाले बन्देजका बाबजुत नेपालीसहित मुख्यतस् एशियाली मुलका नागरिकहरुले सेवन गरेको मदीरा विषाक्त परेको बताइएको छ ।
दुताबासले नेपालीहरु उपचारत रहेको अस्पताल पुगेर जानकारी लिएको र कुवेतको स्वास्थ्य मन्त्रालयसँग सम्पर्कमा रहेर उपचारत विरामीहरुको उचित उपचारको लागि समन्वय गरिरहेको जनाएको छ । कुवेतमा हाल एक लाख ६० हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेका छन् ।
FACEBOOK COMMENTS