![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपालमै फिर्ता (डिपोर्ट) गरेको छ ।
अमेरिकाले उनीहरूलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ’, उनले भने, ‘हिजो उनीहरू आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरूलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरू के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।’
FACEBOOK COMMENTS