काठमाडौं । नेपाली सेनाले बिहीबार हुने प्रतिनिधिसभाको निर्वाचनमा एकीकृत सुरक्षा योजना अनुसार आवश्यक सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्यका साथ कार्य गरिरहेको जनाएको छ ।
चुनावको पूर्वसन्ध्यामा अपिल जारी गर्दै सेनाले निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्य सहित सुरक्षाका कार्यहरू गर्दै आएको बताएको हो ।
सेनाले आफ्नो गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवालासँगको समन्वयमा काम गरिरहेको जनाएको छ।
अपिलमा भनिएको छ, ’नेपाली सेनाले आफ्नो गैर–राजनीतिक चरित्र कायमा राख्दै संविधान प्रदत्त एवं अन्य जिम्मेवारीहरू सदैव कुशलतापूर्वक निर्वाह गर्दै आएकोमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्य सहित सुरक्षाका कार्यहरू गर्दै आएको छ ।’

FACEBOOK COMMENTS