काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमान र यूएईविरुद्ध हुने सिरिजका लागि २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।
क्यानले फागुन २६ गतेदेखि चैत्र ६ गतेसम्म टियू क्रिकेट मैदानमा हुने सिरिजका लागि रोहित पौडेलको कप्तानीमा प्रारम्भिक टिम सार्बजनिक गरको हो ।
नेपाली टिममा रोहित पौडेल (कप्तान) दीपेन्द्र ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बशीर अहमद, गुलशन झा, सोमपाल कामी, करण के।सी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहब आलम, शेर मल्ल, इशान पाण्डे, आकाश चन्द र हेमन्त धामी रहेका छन् ।
यस सिरिजमा तिनै देशले एक आपसमा २–२ खेल खेल्ने छन् । हाल नेपाल आइसीसी विश्व क्रिकेट लिग–२ मा २० खेलमा ५ जित १३ हजार र २ खेल रद्ध हुदा १२ अंकसहित स्थानमा स्थानमा रहेको छ ।
त्यस्तै ओमानको २० खेलमा २४ अंक रहेको छ र चौथो स्थानमा छ भने युएईको २० खेलमा १० अंकसहित पुछारमा रहेको छ ।


FACEBOOK COMMENTS