काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आज एकता सन्देशसभा आयोजना गरेको छ ।
उक्त सभा सुरु हुनअघि विभिन्न स्थानबाट र्यालीहरू निकालिएका छन् । काठमाडौंको विभिन्न स्थानबाट आएका र्यालीहरू भृकुटीमण्डपमा हुने सभामा सहभागी हुनेछन् ।
वाग्मती प्रदेशस्तरीय एकता सन्देशसभामा सहभागी हुन विभिन्न जिल्लाबाट नेता–कार्यकर्ताहरू आएका छन् ।
सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम,नारायणकाजी श्रेष्ठलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
र्याली भृकुटीमण्डप पुगेपछि सो सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।



FACEBOOK COMMENTS