काठमाडौं । एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी नेपाली कम्युनिष्ट पार्टीकी नेता रेखा शर्मा यसपालि चुनाव नै नलड्ने भएकी छन् ।
तत्कालिन नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखाले १९६ मतान्तर सहित पोखरेललाई पराजित गरेकी थिइन्। २६ हजार ८ सय ७७ मत ल्याएकी थिइन् । पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका थिए ।
यसपाली पनि दाङ–२ बाट एमाले महासचिव पोखरेल नै उम्मेदवार छन्। माओवादी सहितका पार्टी मिलेर बनेको नेपाली कम्युिनस्ट पार्टीलेले भने यहाँ निर्मल आचार्यलाई उठाउने पक्का जस्तै भएको छ।
दुईचोटी समानुपातिक र एकपटक प्रत्यक्ष जितेर सांसद भएकोले यसपाली आफू चुनाव नलड्ने शर्माले बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ सहमहामन्त्री विपिनकुमार आचार्यलाई उम्मेदवार बनाउने भएको छ।
FACEBOOK COMMENTS