काठमाडौँ । सरकारका मन्त्रीहरुले भदौ २४ मा आगजनी गरिएका राजनीतिक दलका पार्टी कार्यालयको अनुगमन गरेका छन् ।
यसैक्रममा मंगलबार सूचना तथा सञ्चार मन्त्री नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल, कानुनमन्त्री अनिल कुमार सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनालसहितको टोलीले नेपाली कम्युनिष्ट पार्टीको पेरिसडाँडास्ठित कार्यालयमा पुगेर क्षतिको अनुगमन गरेको छ ।
सो अवसरमा मन्त्रीसहितको सरकारी टोलीले क्षतिको अनुगमन गर्नुका साथै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।
सरकारी टोलीले आजै नेपाली कांग्रेस र एमालेको केन्द्रीय कार्यालयको पनि अनुगमन गरेको छ ।
प्रचण्ड र सञ्चारमन्त्री खरेलबिच भेटवार्ता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबिच भेटवार्ता भएको छ । मंगलबार उनीहरूबिच भेटवार्ता भएको हो ।
गत भदौ २४ गते जेनजी आन्दोलनबाट पार्टी कार्यालयमा पुगेको क्षतिको अनुगमन गर्न मन्त्री खरेलको सरकारी टोली पेरिसडाँडा पुगेको थियो । सोही समयमा उनीहरूबिच भेटवार्ता भएको हो ।



FACEBOOK COMMENTS