काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २:०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने जानकारी दिए ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।
FACEBOOK COMMENTS