तेह्रथुम । नेपाल कांग्रेस तेह्रथुमको जिल्ला अधिबेशन सुरु भएको छ । सदरमुकाम म्याङ्लुङमा धिवेशन सुरू हुनुअघि पार्टीका नेता कार्यकर्ताले च्याब्रुङ, नौमती बाजाको साथमा बजार परिक्रमामा गरेका थिए ।
जिल्ला सचिव सन्तोष सुब्बाका अनुसार केन्द्रीय सदस्य सीता गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशन सुरू भएको हो । जिल्ला सभापतिको लागि अर्जुन तुम्बाहाम्फे र कमल ढुंगाना प्रतिस्पर्धामा छन् । अधिवेशनमा प्रदेश सभा (क)अन्तर्गत म्याङलुङ नगरपालिकाबाट १७६, लालिगुराँस नगरपालिकाबाट १५१ र छथर गाउँपालिकाबाट ९७ गरी ४२४ जना क्षेत्रीय प्रतिनिधि छन् ।
प्रदेश सभा (ख) आठराई गाउँपालिकाबाट ११८, फेदाप गाउँपालिकाबाट ८५ र मेन्छ्यायेम गाउँपालिकाबाट १०६ गरी ३०९ जना क्षेत्रीय प्रतिनिधि छन् । जिल्ला अधिवेशनमा ७३३ क्षेत्रीय प्रतिनिधिको सहभागिता रहने जिल्ला निर्वाचन अधिकृत लक्ष्मण रन्जितले बताए ।
FACEBOOK COMMENTS