काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन वा नदिने भन्ने विषयमा निर्णय गर्न आज बिहान नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । बैठक बिहान ८ बजेबाट सुरु हुनेछ ।
सोमबार साँझ प्रधानमन्त्री प्रचण्डले कांग्रेसका सभापति शेरबहादुरसँग उनको निवास धुम्बाराहीमा पुगेर विश्वासको मत मागेका छन् । प्रचण्डलाई देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन् ।
सोमबार साँझ प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भएको भेटका क्रममा सभापति देउवाले त्यसबारेमा पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिएका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहितको सत्ता गठबन्धन दलले प्रतिपक्षी दलसँग पनि विश्वासको मत माग्ने निर्णयअनुसार प्रधानमन्त्री दाहाल कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए ।
FACEBOOK COMMENTS