काठमाडाैं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाले भोलि सोमबार बिहान ९ बजे बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।
कांग्रेसबाट गृहमन्त्री रहेका रमेश लेखकको राजीनामा माग भइरहेका बेला बैठक बोलाइएको हो । भिजिट भिसामार्फत भएको मानव तस्करीमा आर्थिक लेनदेनको आरोप लागेपछि कांग्रेसभित्रै पनि गृहमन्त्री लेखकको राजीनामा माग हुन थालेको छ । बैठकमा यसबारे पनि छलफल हुने बताइएको छ ।
यसका साथै, आउने संसद् बैठक, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले बर्ताका छन् ।
त्यस्तै, क्रियाशील सदस्यता नवीकरणको विषयमा पनि छलफल हुनेछ ।
कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समय दिएको छ ।
FACEBOOK COMMENTS