काठमाडौं । नेपाली कांग्रेसका सात पूर्वपदाधिकारीको छलफल सकिएको छ ।
प्रकाशमान निवास चाक्सीबारीमा सोमबार अपराह्न भएको छफलमा देशको समसामयिक राजनीतिको बारेमा छलफल गरेको कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले जानकारी दिएका छन् ।
सिटौलाले सरकारले अझ प्रभावकारी रुपमा काम गर्नुपर्ने, गठबन्धन बन्दा गरिएको संविधान संशोधनको काम अगाडि बढाउनुपर्ने जस्ता विषयमा छलफल भएको बताए ।
उनले भने, ‘हाम्रो मान्यता के रहेको छ भने, सरकारले अझ प्रभावकारी रुपमा जनताको पक्षमा काम गर्नुपर्छ भनेर प्रकाशमान सिंहलाई भनेका छौँ, उहाँले प्रधानमन्त्रीसँग कुरा गर्नुहुन्छ । सरकारले गठबन्धनको भावना बमोजिम प्रभावकारी ढंगले काम गर्नुपर्छ भन्ने विषयमा छलफल गर्यौँ ।’
नेता सिटौलाले संबिधान संशोधनको काम अझै अगाडि नबढेको बारे भने, ‘संविधानको कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने सरकारको नीति तथा कार्यक्रममा पनि छ, हाम्रो पार्टीले पनि निर्णय गरेको छ, सरकार बन्दाखेरी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको समझदारीको महत्वपूर्ण बुँदा हो । यो कार्य अहिलेसम्म अगाडि बढेको छैन र यसलाई अगाडी बढाउनुपर्छ । त्यसका लागि नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुने गरि छलफल र बहस चलाउनु पर्छ । हामीले यस बारेमा सभापति देउवालाई भेटेर जानकारी गराउछौँ ।’
साथै सिटौलालाई डा. शेखर कोइरालाले प्रचण्डलाई भेटेको बारे सोधिएको प्रश्नको जवाफ दिँदै यो गठबन्धनको सरकार हो, गठबन्धनको भावना सरकारले कायम गर्नुपर्छ र यो गठबन्धन ८४ को चुनावसम्म जाने बताए ।
FACEBOOK COMMENTS