काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक आइतबारसम्मका लागि सरेको जानकारी दिएका हुन् ।
यसअघि विहिबार बस्ने भनिएको बैठक आज शुक्रबार दिउसो २ बस्ने भनिएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अब आइतबार २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने पौडेलले जानकारी दिएका छन् ।
यसअघि गत शनिबार बसेको बैठकले फागुन २१ गते हुने निर्वाचनमा भाग लिने निर्णय गरेपनि महाधिवेशन बारेको विवाद कायम रहेको छ ।
संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्ने धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन ।

FACEBOOK COMMENTS