काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । यसअघि मंगलबारको बैठक स्थगित गरेर आज बिहान ८ बजेका लागि बैठक बोलाइएको हाे ।
विशेष महाधिवेशन पक्षधरसँगको वार्तामा सहमति हुन नसकेपछि छलफल लम्बिदा केन्द्रीय समितिको १ बजेका लागि बोलाइएको थियो ।
संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको आज दोस्रो पटक भएको बार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
विशेष महाधिवेशन पक्षधरले पार्टीको केन्द्रीय समितीले विशेष महाधिवेशनको अपनत्व लिने र सभापति देउवाले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने माग राखेका छन् ।
त्यस्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र मंगलबार समाप्त भएको छ भने आज नेतृत्व चयनको लागि निर्वाचन गर्ने बताइएको छ । निर्वाचन समितिले भोलि बिहान ८ बजे महाधिवेशन प्रतिनिधिहरुलाई भृकुटीमण्डपमा आउन आग्रह गरेको छ ।

FACEBOOK COMMENTS