काठमाडौं। गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोग पुगेको छ ।
आयोगले पदाधिकारी र सदस्यलाई छलफलका लागि बोलाए अनुसार उपसभापति विश्वप्रकाश शर्मासहितका पदाधिकारी र केन्द्रीय सदस्यहरु आयोग पुगेका हुन् ।
पदाधिकारीसहितका नेताहरु आयोगका पदाधिकारीसँग छलफल गरिरहेको बेला अन्य नेताहरुले भने आयोगको प्राङ्गणमा धर्ना दिएका छन् ।
यसअघि आजै कांग्रेसको देउवा पक्ष आजै निर्वाचन आयोग पुगेर पदाधिकारी भेट्दै विशेष महाधिवेशन अवैधानिक भएको र आफुहरुनै आधिकारिक भएको दाबी पेश गरेका थिए ।
काँग्रेसमा दुई पक्षबीच आधिकारिकता विवाद भएपछि आयोगले छलफल अगाडि बढाएर छिटै निर्णय लिने संकेत दिएको छ ।

FACEBOOK COMMENTS