काठमाडौं। गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको माघ १७ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म झरी पछिको इन्द्रेणीले एक करोड २८ लाख ५२ हजार ३१९ कमाई गरेको छ ।
अहिलेसम्म झरी पछिको इन्द्रेणीको ४० हजार ६२४ टिकट बिक्री भएको छ । त्यसैगरी गोबर गणेशले एक करोड ३६ लाख २० हजार ८६६ कमाई गरेको छ ।
तुलनात्मक रुपमा यस फिल्ममा दर्शकको माया देखिएको छ । यस फिल्मको अहिलेसम्म ४८ हजार ५३ टिकट बिक्रि भएको छ ।
त्यस्तै अर्को फिल्म भाइरल गोर्खेले ३६ लाख १० हजार ९२५ कमाई गरेको छ र यस फिल्मको ११ हजार २९८ टिकट बिक्री भएको छ ।

त्यसैगरी मिरमिरेले ३३ लाख ९३ हजार ७२५ कमाई गरेको छ । साथै यस फिल्मको १० हजार ८८४ टिकट बिक्री भएको छ ।

त्यस्तै अर्को फिल्म परिवर्तनले ३१ लाख ९ हजार ९२५ कमाई गरेको छ र यस फिल्मका ११ हजार ६ वटा टिकट बिक्री भएका छन् ।

FACEBOOK COMMENTS