काठमाडौं । नेपाली सिने जगतमा पछिल्लो समय फरक खालका दृश्य देख्न पाइन्छ ।
अझ भनौँ दुर्गम ठाउँका मानिसहरूको जीवनशैली त्यहाकाँ मानिसहरूले भोगेका समस्याहरूलाई चलचित्रमार्फत देखाउने एक खालको टे«न्ड नै चलेको छ ।
पछिल्लो समय मौलिकतामा आधारित चलचित्रलाई दर्शकले अत्यधिक रुचाउने गरेका छन् । कोरोना महामारीका कारण झण्डै दुई वर्ष निष्क्रिय रहेको नेपाली चलचित्र उद्योग महामारीपछि कुन दिशातर्फ जाने हो भन्ने चासो सबैलाई थियो ।
अघिल्लो वर्ष असोजदेखि नै चलचित्र हल खुले पनि फागुनदेखि मात्रै नेपाली चलचित्र नियमित रूपमा प्रदर्शन भइरहेका छन् । त्यसो त नेपाली चलचित्र हिन्दी चलचित्रसँग मिल्दाजुल्दो र अपरिपक्व अभिनयले गर्दा दर्शकमा नेपाली चलचित्र झुर साथै चलचित्रलाई माया गर्ने दर्शकको कमी भएको छ ।
करोडौँको लगानी चलेका कलाकारहरूको अभिनय भन्दा बढी पारिश्रमिक लिने परिपाटीले गर्दा राम्रा कलाकारहरू पछि परेका छन् । नेपाल तथा विदेशमा समेत निर्देशक बाउ हुने र हिरोमा छोरालाई डेब्यु गराउने परम्परा चल्दै नै आएको छ ।
चलचित्रमा कलाकारको कला भन्दा फिगर र रूप–रङ्ग हेर्ने गरिन्छ । यसले गर्दा नेपाली चलचित्रमा राम्रो र जीवन्त अभिनय गर्ने कलाकारहरू पछि पर्ने गरेका छन् । त्यसमाथि नायक–नायिकाबीचको प्रेम सम्बन्ध तथा विच्छेदका घटनाहरूले नेपाली चलचित्र क्षेत्र बेला–बेला अधिक चर्चाको विषय बन्ने गरेको छ । यस्ता व्यक्तिगत विषयले बजार तातिरहेका बेला रिलिज हुने चलचित्रले राम्रो दर्शक पाउने तथा कतिपय अवस्थामा निर्देशकलाई फाइदा पनि पुग्ने गरेको छ ।
त्यस्तै घटना भयो सुर्दशन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु’ । जसमा कलाकारको भूमिकामा थिए पल शाह र पूजा शर्मा चलचित्र प्रमोशनका लागि रहेका पल शाहमाथि एकाएक बलात्कारको आरोप लाग्यो । सांगीतिक क्षेत्रमामा सक्रिय एक नाबालिकाले उनीमाथि बलात्कारको आरोप लगाइन् । जसको कारण अहिले नायक पल शाह जेलमा छन् ।
यद्यपि, यसको प्रत्यक्ष फाइदा भने उनी अभिनित चलचित्रलाई पुगेको छ । त्यस समय पलका फ्यानलाई इमोसनल ब्ल्याकमेल गरेको आरोप समेत पूजा शर्माले खेप्नुपर्यो । त्यो चलचित्रले राम्रै सफलता समेत हात पारेको थियो ।
बलिउड र दक्षिण भारतीय चलचित्रका कारण नेपाली चलचित्र चेपुवामा पर्यो भनेर निर्माताहरू चिन्तित बनिरहेको बेला ‘कबड्डी’को रेकर्डले नयाँ आशा जगाएको थियो । ‘राम्रो चलचित्र बनायो भने बलिउड हलिउडसँग तर्सिनु पर्ने रहेनछ भन्ने कुरा कबड्डीले प्रमाणित गरेको छ । महामारीपछि हलमा ५१ दिन मनाउने पहिलो र एकमात्र नेपाली चलचित्र बन्यो ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, वजय बराललगायत कलाकारको मुख्य अभिनयरहेको थियो ।
लगानी सुरक्षित गरेर मुनाफा कमाएका सबै चलचित्र पहिलेका सफल चलचित्रका सिक्वेल रहेका छन् । सिक्वेलमै पनि अघिल्ला दुई चलचित्र सफल रहेको ‘चपली हाइट’ चलेन । न त सबैभन्दा ठूलो नेपाली एक्सन चलचित्र भनेर प्रचार गरिएको ‘लप्पन छप्पन २’ नै चल्यो । प्रदर्शनमा आएका अधिकांश चलचित्रलाई त झन हप्ता दिन हलमा टिक्न समेत गाह्रो पर्यो ।
यीबाहेक पनि केही यस्ता चलचित्र प्रदर्शनमा आए जसले व्यावसायिक रूपमा राम्रो प्रदर्शन गर्न नसके पनि समीक्षात्मक रूपमा अब्बल मानिएका छन् । समीक्षात्मक रूपमा अब्बल नमानिएका चलचित्रले पनि नेपाली चलचित्रका दर्शकलाई फरक स्वाद दिने प्रयास गरे । जसमा ‘चिसो एष्ट्रे’, ‘मन्त्र’, ‘चिसो मान्छे’, ‘दोख’, ‘पानीफोटो’ जस्ता चलचित्र पर्छन् ।
‘कबड्डी’, ‘ए मेरो हजुर’, ‘म यस्तो गीत गाउँछुु’, ‘चपली हाइट’ पछि ‘प्रेम गीत’ र ‘परदेशी’ जस्ता सफल चलचित्रका सिक्वेल प्रदर्शनको तयारीमा छन् । जसमा ‘प्रेम गीत ३’ को चर्चा नेपालमा मात्रै नभएर भारतमा पनि हुन थालेको छ । चलचित्रले प्रदर्शनअघि नै लगानी उठाएर नाफामा छ । सिक्वेलहरूबाहेक ‘माइकल अधिकारी’, ‘कृष्ण लीला’, ‘प्रकाश’, ‘राधा’, ‘लाखे’, ‘झिँगे दाउ’, ‘बाबरी’, ‘दुई नम्बरी’, ‘के घर के डेरा’लगायतका चलचित्र क्रमशः प्रदर्शनको तयारीमा रहेका छन् ।
‘कबड्डी ४’ पछि घरेलु बक्स अफिसमा देखिएको सङ्कट तत्कालै थामिने संकेत छैन । प्रदर्शन भएका दुई चलचित्र ‘पानीफोटो’ र ‘म’ले औषत रेटिङ प्राप्त गरे पनि दुवैको व्यावसायिक प्रस्तुति निराशजनक छ । वितरक र निर्माता दुवै कमाइ सार्वजनिक गर्न तयार छैनन् । रिलिजअघि ‘हाइप’ बटुलेको चलचित्र पानीफोटोले अपेक्षित ओपनिङ गर्न नसकेपछि के गम्भीर चलचित्रप्रति दर्शकको आकर्षण नभएकै हो भन्ने प्रश्न तेर्सिएको छ ।
कबड्डी चल्नु पछाडि पात्र र संवाद विशेष रहेको थियो जसले दर्शकको मन जित्न सफल भयो । तर, चर्चामा आएका चलचित्र जसको टेलर राम्रो भएको तर गम्भीर भनिएका चलचित्रमा कुनै विशेष चीज नभएका कारण दर्शकले नेपाली चलचित्र लाई पत्याउन छोडेका छन् समीक्षा राम्रो भएपछि ‘दोख’ र ‘पानीफोटो’को असफलताले प्रकाश र राधालाई झस्काएको छ । किनभने, यी चलचित्रको ‘सिनेम्याटिक पर्सपेक्टिभ’ एउटै रहेको छ ।
बक्स अफिस नतिजा मात्र सबथोक नहुने चलचित्रको कलात्मक पक्ष पनि महत्वपूर्ण हुने निर्देशकहरूको बुझाइ रहेको छ । त्यसो त दर्शकले कस्ता खालका टेस्ट चाहेका हुन् त्यसमा ध्यान दिन जरुरी छ ।
पछिल्लो समय चलचित्र ‘प्रकाश’ र ‘राधा’ बक्स अफिसमा दुबै अपेक्षा गरिएका चलचित्र हुन् ।
दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित ‘राधा’ दुबै एकैदिन रिलिज हुँदैछन् । ‘प्रकाश’मा मुख्य पात्र प्रदीप खड्का छन् । यता, ‘राधा’मा मुख्य पात्रमा पूर्वमिस नेपालसमेत रहेकी नायिका श्रृष्टि श्रेष्ठ छिन् ।
यता, ‘प्रकाश’ आक्रामक प्रचारमा छ । अपेक्षित चलचित्र एकैदिन बजारमा आउँदा कसले कति सो पाउँछन्, त्यसले पनि बक्स अफिस केही हदसम्म निर्धारण गर्नेछ ।
FACEBOOK COMMENTS