नेपालमा पत्रकारिताको महत्त्व केवल समाचार लेख्ने वा तथ्य प्रस्तुत गर्ने काममा सीमित छैन । यो पेशा समाज, शासन र नागरिकबीचको संवादको आधार हो । तर यो पेशा आज आफैं संकटमा छ । पत्रकारिता पेसामा लागेका हजारौं व्यक्ति दिनहुँ अस्तित्वको लडाइँ लडिरहेका छन्– एकातिर आर्थिक अप्ठ्यारो, अर्कोतिर स्वतन्त्रताको चुनौती ।
नेपालका पत्रकारहरू प्राय: न्यून पारिश्रमिकमा काम गर्छन्, कहिले त महिनौंसम्म तलब नपाउने अवस्थामा पनि हुन्छन् । धेरै पत्रकारहरू करारमा छन्, जसले तिनको पेशागत अधिकारलाई कमजोर बनाउँछ । बीमा, पेन्सन, वा सामाजिक सुरक्षाको कुनै सुनिश्चितता छैन । यस्तो अवस्थाले पत्रकारलाई बाँच्नकै लागि सम्झौता गर्न बाध्य बनाउँछ– उनीहरू आफ्नो कलमको स्वतन्त्रता बेच्न वाध्य हुन्छन् ।
दोस्रो ठूलो चुनौती सम्पादकीय स्वतन्त्रताको अभाव हो । धेरैजसो मिडिया संस्थान निजी व्यापारी वा राजनीतिक व्यक्तिहरूको स्वामित्वमा छन् । सम्पादक वा पत्रकारले समाचार लेख्नुभन्दा पहिला मालिक वा विज्ञापनदाताको रुझान बुझ्नुपर्छ । यस्ता संरचनामा समाचार सत्यतामा होइन, आदेशमा आधारित हुन्छ । समाचार चयनको मापदण्ड शक्तिशालीको हितमा रहन्छ, जसले आम नागरिकको आवाजलाई ओझेल पार्छ ।
नेपालको पत्रकारिता आज राजनीतिक दलहरूको प्रभावमा नरहेकै छैन, उनीहरूकै प्रवक्ताजस्ता बन्दै गएको छ । कतिपय मिडिया खुलेआम पार्टी प्रवक्ताजस्तो व्यवहार गर्छन् भने कतिपय पत्रकारहरू आफैं पार्टीको कार्यकर्ता झैं प्रस्तुत हुन्छन् । यस्तो पक्षधरताले निष्पक्ष पत्रकारिताको चिह्न मेटाइरहेको छ । तथ्य होइन, विचार आधारित रिपोर्टिङको नाममा भ्रम फैलाउने प्रवृत्ति बढ्दै गएको छ । जनतालाई सुसूचित गर्ने होइन, दिशाभ्रमित गर्ने समाचारहरू प्रकाशित भइरहेका छन् ।
श्रमशोषण पनि पत्रकारिताको कालो छाया हो । लामो समय काम गर्ने, अतिरिक्त घण्टा काम गर्दा पनि कुनै पारिश्रमिक नपाउने, तलब समयमा नपाउने, सामाजिक सुरक्षाबाट बञ्चित हुने जस्ता समस्या धेरै पत्रकारका दिनचर्या भइसकेका छन् । श्रम ऐनले दिएको हक मिडिया संस्थाले पालना गर्दैनन्, र कारबाहीको प्रक्रिया पनि प्रभावहीन छ । यसले पत्रकारलाई मानसिक तनाव, पेशागत निराशा र आत्मसमर्पणको बाटोमा धकेल्छ ।
प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरे पनि व्यवहारमा पत्रकारहरू अझै पनि असुरक्षित छन् । विशेषत: ग्रामीण क्षेत्रमा काम गर्ने पत्रकारहरू स्थानीय नेताहरू, माफियाहरू, र प्रशासनिक दबाबको चपेटामा छन् । समाचार लेखेकै भरमा कुटपिट, झूटा मुद्दा वा धम्की खाने अवस्था सामान्य जस्तै भइसकेको छ । यस्तो स्थितिमा पत्रकारले सत्य बोल्नुभन्दा मौन बस्न रुचाउँछन् । आत्म–सेंसरशिप पत्रकारिताको एउटा अनिवार्य अभ्यासजस्तो बनिसकेको छ ।
त्यसैगरी, आजका दिनमा नैतिक मूल्य र आचारसंहिता पनि चुनौतीमा छन् । पत्रकारिता पेशाको विश्वसनीयतामा प्रश्न उठ्ने अवस्था सिर्जना हुनुमा केही पत्रकारहरूकै भूमिका पनि जिम्मेवार छ । पैसाक लागि समाचार लेख्ने, धम्क्याएर पैसा असुल गर्ने, वा संस्थाको नाममा व्यक्ति विशेषको पक्षमा रिपोर्ट लेख्ने कामले पत्रकारिताप्रति जनआस्थालाई कमजोर बनाएको छ । जब पेशा नै स्वार्थको माध्यम बन्छ, तब त्यो पेशा समाजको हित होइन, विनाशतर्फ अग्रसर हुन्छ ।
नेपालमा तालिमको अभाव पनि गम्भीर समस्या हो । अनुसन्धान पत्रकारिता, तथ्य–आधारित रिपोर्टिङ, डिजिटल माध्यम प्रयोगजस्ता विषयमा पर्याप्त दक्षता विकास भएको छैन । अधिकांश पत्रकारहरूले प्रयोगशैलीमा अपडेट पाउन सकेका छैनन् । प्रविधि यति छिटो अगाडि बढिरहेको छ, तर पत्रकार तयार छैनन् । यो खाडलले सतही र अप्रभावकारी पत्रकारिताको बाढी ल्याएको छ ।
एकातिर परम्परागत मिडियाको अवस्था संकटमा छ– आर्थिक भार थेग्न नसकेर बन्द हुने, कर्मचारी छँटनी गर्ने, वा संस्थागत विलयमा जानुपर्ने अवस्था छ । अर्कातिर अनलाइन मिडियाको बाढीले सूचना सम्प्रेषण त सहज बनाएको छ, तर आम्दानीको सुनिश्चित मोडल नभएकोले गुणस्तरमा ठूलो गिरावट आएको छ । फेक न्यूज, क्लिकबेट, र सेन्सेशनलिज्मको प्रवृत्ति हावी हुँदै गएको छ । प्रतिस्पर्धा तीव्र छ, तर रोजगारी अस्थिर हुँदै गएको छ ।
यी सबै समस्याहरूले पत्रकारिताको मूल चरित्र– सत्यको खोजी, जनताको आवाज, र सत्ता–प्रशासनको जवाफदेहितालाई गम्भीर प्रश्नमा पार्छन् । पत्रकार स्वतन्त्र हुन सकेन भने समाचार स्वतन्त्र हुँदैन । पत्रकार सुरक्षित छैन भने सूचना पनि सुरक्षित हुँदैन । पत्रकार शिक्षित छैन भने समाज अन्धकारमा रहन्छ । त्यसैले आज नेपालमा पत्रकारिता पेसाको अस्तित्व र गरिमा दुबै संकटमा छ ।
यसो भन्दैमा केही गर्न सकिँदैन भन्ने होइन । पहिलो, राज्यले पत्रकारहरूको श्रम अधिकार सुनिश्चित गर्न स्पष्ट कानुनी संरचना बनाउनु आवश्यक छ । श्रम ऐनको कार्यान्वयन कडाइका साथ हुनुपर्छ । सञ्चारगृहहरूले न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम सम्झौता अनिवार्य गर्नुपर्छ ।
दोस्रो, प्रेस काउन्सिल वा पत्रकार महासंघले आचारसंहिता उल्लङ्घन गर्ने मिडिया संस्थाहरूको पहिचान गरी कारबाही गर्न सक्नुपर्छ । पत्रकारिताको शुद्धिकरण स्वयं पत्रकारिता समुदायबाट हुनुपर्छ ।
तेस्रो, सम्पादकीय स्वतन्त्रता कायम राख्न संरचनात्मक सुधार गर्नुपर्छ । मिडिया मालिक र सम्पादकीय पक्षबीच स्पष्ट छुट्टाव स्थापित हुनुपर्छ ।
चौथो, पत्रकारहरूको तालिम, अनुसन्धान फेलोशिप, र प्रविधिमा सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्न राज्य, मिडिया संस्थान र अन्तर्राष्ट्रिय निकायहरू एकताबद्ध हुन आवश्यक छ ।
अन्तत:, पाठक, श्रोताहरू– जनताले पनि सचेत हुनुपर्छ । सस्तो प्रचारको पछाडि नलागी गुणस्तरीय पत्रकारिताको माग गर्नुपर्छ । किनकि पाठककै चेतनाले पत्रकारको कलम स्वतन्त्र बनाउँछ ।
नेपालका पत्रकार आज एउटै समयमै दुईवटा लडाइँ लडिरहेका छन्– सत्य बोल्ने स्वतन्त्रताको र पेट पाल्ने अस्तित्वको । यी दुवै लडाइँ जित्न सक्ने उपाय भनेको व्यवस्था, चेतना र पेशागत ईमानदारीको समायोजन हो । यदि हामी पत्रकारिता बचाउन चाहन्छौं भने, सबै सरोकारवालाहरूले यो संकटलाई गम्भीर रूपमा लिइर, समाधानतर्फ गम्भीर कदम चाल्ननेपालमा पत्रकारिताको महत्त्व केवल समाचार लेख्ने वा तथ्य प्रस्तुत गर्ने काममा सीमित छैन । यो पेशा समाज, शासन र नागरिकबीचको संवादको आधार हो । तर यो पेशा आज आफैं संकटमा छ । पत्रकारिता पेसामा लागेका हजारौं व्यक्ति दिनहुँ अस्तित्वको लडाइँ लडिरहेका छन्– एकातिर आर्थिक अप्ठ्यारो, अर्कोतिर स्वतन्त्रताको चुनौती ।
नेपालका पत्रकारहरू प्राय: न्यून पारिश्रमिकमा काम गर्छन्, कहिले त महिनौंसम्म तलब नपाउने अवस्थामा पनि हुन्छन् । धेरै पत्रकारहरू करारमा छन्, जसले तिनको पेशागत अधिकारलाई कमजोर बनाउँछ । बीमा, पेन्सन, वा सामाजिक सुरक्षाको कुनै सुनिश्चितता छैन । यस्तो अवस्थाले पत्रकारलाई बाँच्नकै लागि सम्झौता गर्न बाध्य बनाउँछ– उनीहरू आफ्नो कलमको स्वतन्त्रता बेच्न वाध्य हुन्छन् ।
दोस्रो ठूलो चुनौती सम्पादकीय स्वतन्त्रताको अभाव हो । धेरैजसो मिडिया संस्थान निजी व्यापारी वा राजनीतिक व्यक्तिहरूको स्वामित्वमा छन् । सम्पादक वा पत्रकारले समाचार लेख्नुभन्दा पहिला मालिक वा विज्ञापनदाताको रुझान बुझ्नुपर्छ । यस्ता संरचनामा समाचार सत्यतामा होइन, आदेशमा आधारित हुन्छ । समाचार चयनको मापदण्ड शक्तिशालीको हितमा रहन्छ, जसले आम नागरिकको आवाजलाई ओझेल पार्छ ।
नेपालको पत्रकारिता आज राजनीतिक दलहरूको प्रभावमा नरहेकै छैन, उनीहरूकै प्रवक्ताजस्ता बन्दै गएको छ । कतिपय मिडिया खुलेआम पार्टी प्रवक्ताजस्तो व्यवहार गर्छन् भने कतिपय पत्रकारहरू आफैं पार्टीको कार्यकर्ता झैं प्रस्तुत हुन्छन् । यस्तो पक्षधरताले निष्पक्ष पत्रकारिताको चिह्न मेटाइरहेको छ । तथ्य होइन, विचार आधारित रिपोर्टिङको नाममा भ्रम फैलाउने प्रवृत्ति बढ्दै गएको छ । जनतालाई सुसूचित गर्ने होइन, दिशाभ्रमित गर्ने समाचारहरू प्रकाशित भइरहेका छन् ।
श्रमशोषण पनि पत्रकारिताको कालो छाया हो । लामो समय काम गर्ने, अतिरिक्त घण्टा काम गर्दा पनि कुनै पारिश्रमिक नपाउने, तलब समयमा नपाउने, सामाजिक सुरक्षाबाट बञ्चित हुने जस्ता समस्या धेरै पत्रकारका दिनचर्या भइसकेका छन् । श्रम ऐनले दिएको हक मिडिया संस्थाले पालना गर्दैनन्, र कारबाहीको प्रक्रिया पनि प्रभावहीन छ । यसले पत्रकारलाई मानसिक तनाव, पेशागत निराशा र आत्मसमर्पणको बाटोमा धकेल्छ ।
प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरे पनि व्यवहारमा पत्रकारहरू अझै पनि असुरक्षित छन् । विशेषत: ग्रामीण क्षेत्रमा काम गर्ने पत्रकारहरू स्थानीय नेताहरू, माफियाहरू, र प्रशासनिक दबाबको चपेटामा छन् । समाचार लेखेकै भरमा कुटपिट, झूटा मुद्दा वा धम्की खाने अवस्था सामान्य जस्तै भइसकेको छ । यस्तो स्थितिमा पत्रकारले सत्य बोल्नुभन्दा मौन बस्न रुचाउँछन् । आत्म–सेंसरशिप पत्रकारिताको एउटा अनिवार्य अभ्यासजस्तो बनिसकेको छ ।
त्यसैगरी, आजका दिनमा नैतिक मूल्य र आचारसंहिता पनि चुनौतीमा छन् । पत्रकारिता पेशाको विश्वसनीयतामा प्रश्न उठ्ने अवस्था सिर्जना हुनुमा केही पत्रकारहरूकै भूमिका पनि जिम्मेवार छ । पैसाको लागि समाचार लेख्ने, धम्क्याएर पैसा असुल गर्ने, वा संस्थाको नाममा व्यक्ति विशेषको पक्षपाती रिपोर्ट लेख्ने कामले पत्रकारिता प्रति जनआस्थालाई कमजोर बनाएको छ । जब पेशा नै स्वार्थको माध्यम बन्छ, तब त्यो पेशा समाजको हित होइन, विनाशतर्फ अग्रसर हुन्छ ।
नेपालमा तालिमको अभाव पनि गम्भीर समस्या हो । अनुसन्धान पत्रकारिता, तथ्य–आधारित रिपोर्टिङ, डिजिटल माध्यम प्रयोगजस्ता विषयमा पर्याप्त दक्षता विकास भएको छैन । अधिकांश पत्रकारहरूले प्रयोगशैलीमा अपडेट पाउन सकेका छैनन् । प्रविधि यति छिटो अगाडि बढिरहेको छ, तर पत्रकार तयार छैनन् । यो खाडलले सतही र अप्रभावकारी पत्रकारिताको बाढी ल्याएको छ ।
एकातिर परम्परागत मिडियाको अवस्था संकटमा छ– आर्थिक भार थेग्न नसकेर बन्द हुने, कर्मचारी छँटनी गर्ने, वा संस्थागत विलयमा जानुपर्ने अवस्था छ । अर्कातिर अनलाइन मिडियाको बाढीले सूचना सम्प्रेषण त सहज बनाएको छ, तर आम्दानीको सुनिश्चित मोडल नभएकोले गुणस्तरमा ठूलो गिरावट आएको छ । फेक न्यूज, क्लिकबेट, र सेन्सेशनलिज्मको प्रवृत्ति हावी हुँदै गएको छ । प्रतिस्पर्धा तीव्र छ, तर रोजगारी अस्थिर हुँदै गएको छ ।
यी सबै समस्याहरूले पत्रकारिताको मूल चरित्र– सत्यको खोजी, जनताको आवाज, र सत्ता–प्रशासनको जवाफदेहितालाई गम्भीर प्रश्नमा पार्छन् । पत्रकार स्वतन्त्र हुन सकेन भने समाचार स्वतन्त्र हुँदैन । पत्रकार सुरक्षित छैन भने सूचना पनि सुरक्षित हुँदैन । पत्रकार शिक्षित छैन भने समाज अन्धकारमा रहन्छ । त्यसैले आज नेपालमा पत्रकारिता पेसाको अस्तित्व र गरिमा दुबै संकटमा छ ।
यसो भन्दैमा केही गर्न सकिँदैन भन्ने होइन । पहिलो, राज्यले पत्रकारहरूको श्रम अधिकार सुनिश्चित गर्न स्पष्ट कानुनी संरचना बनाउनु आवश्यक छ । श्रम ऐनको कार्यान्वयन कडाइका साथ हुनुपर्छ । सञ्चारगृहहरूले न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम सम्झौता अनिवार्य गर्नुपर्छ ।
दोस्रो, प्रेस काउन्सिल वा पत्रकार महासंघले आचारसंहिता उल्लङ्घन गर्ने मिडिया संस्थाहरूको पहिचान गरी कारबाही गर्न सक्नुपर्छ । पत्रकारिताको शुद्धिकरण स्वयं पत्रकारिता समुदायबाट हुनुपर्छ ।
तेस्रो, सम्पादकीय स्वतन्त्रता कायम राख्न संरचनात्मक सुधार गर्नुपर्छ । मिडिया मालिक र सम्पादकीय पक्षबीच स्पष्ट छुट्टाव स्थापित हुनुपर्छ ।
चौथो, पत्रकारहरूको तालिम, अनुसन्धान फेलोशिप, र प्रविधिमा सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्न राज्य, मिडिया संस्थान र अन्तर्राष्ट्रिय निकायहरू एकताबद्ध हुन आवश्यक छ ।
अन्तत:, पाठक, श्रोताहरू– जनताले पनि सचेत हुनुपर्छ । सस्तो प्रचारको पछाडि नलागी गुणस्तरीय पत्रकारिताको माग गर्नुपर्छ । किनकि पाठककै चेतनाले पत्रकारको कलम स्वतन्त्र बनाउँछ ।
नेपालका पत्रकार आज एउटै समयमै दुईवटा लडाइँ लडिरहेका छन्– सत्य बोल्ने स्वतन्त्रताको र पेट पाल्ने अस्तित्वको । यी दुवै लडाइँ जित्न सक्ने उपाय भनेको व्यवस्था, चेतना र पेशागत ईमानदारीको समायोजन हो । यदि हामी पत्रकारिता बचाउन चाहन्छौं भने, सबै सरोकारवालाहरूले यो संकटलाई गम्भीर रूपमा लिइर, समाधानतर्फ गम्भीर कदम चाल्न जरुरी छ । जरुरी छ ।
FACEBOOK COMMENTS