काठमाडौं । नेपाली संगीत बजारमा नयाँ गीत ‘मायामा मायामा’ सार्वजनिक भएको छ । प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक तथा संगीतकार प्रविन बज्राचार्यको स्वर र संगीतमा तयार पारिएको हो । यस गीतका गीतकार ओम लाल ‘अकेला’ हुन्, जसले प्रेममा रहेका मानिसहरूको भावना अभिव्यक्त गरेका छन् ।
गीतलाई आकर्षक बनाउने कार्य एरेञ्जर दिपेश सिंहले गरेका छन् । यसको भिडिओ अमेरिकाको क्यालिफोर्नियामा रहेको क्लोभ एण्ड हूफ रेस्टुरेन्टको सहकार्यमा निर्माण गरिएको हो । भिडिओका निर्माता कल्यान महत हुन् । भिडिओमा बिना राउत र राजेश भट्टराईले अभिनय गरेका छन्, जसले प्रेम र भावनात्मक संवेदनालाई सुन्दर ढंगले प्रस्तुत गरेका छन् ।
भिडिओको छायांकन बलकुमार मगर र गोपाल मगरले गरेका छन् भने सम्पादन बलकुमार मगर स्वयंले गरेका छन् । निर्देशनको जिम्मेवारी कपिल कार्कीले सम्हालेका छन्, जसले कथा र दृश्यांकनलाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन् ।
ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो म्युजिक भिडिओलाई दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।
हेर्नुहाेस् भिडिओ
FACEBOOK COMMENTS