काठमाडौं । गायक पवन गिरीले आफ्नै शब्द, सङ्गीत र स्वरमा गीत ‘वास्तविकता’ बजारमा ल्याएका छन् ।
ललितपुरको युनिभर्सल क्याफेमा एक कार्यक्रम आयोजना गरी लिरिक्ससहितको म्युजिक भिडिओ सार्वजनिक गरिएको हो ।
माया, एक्लोपन र जीवनको गहिरो यथार्थलाई समेटेर तयार पारिएको यस गीतमा प्रतिभा रानीको उत्कृष्ट अभिनय देख्न पाइन्छ । निर्देशन स्वयं गायक पवन गिरीले गरेका छन् ।
गीतको छायाङ्कन, सम्पादन र रङ संयोजन भीम श्रेष्ठ, निर्माण व्यवस्थापन निरज श्रेष्ठ, सौन्दर्य साजसज्जा मेगुमी लामाले गरेका हुन् ।
‘वास्तविकता’ ले दर्शक–श्रोताको मन जित्न सफल हुने विश्वास गायक गिरीको छ । गीतमा एक्लोपनको भाव, निस्कलङ्क प्रेम र आत्माभित्रको पीडालाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
गीत अहिले पवन गिरी युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS