काठमाडौं । गायक तथा सङ्गीतकार सुरज योञ्जनको नयाँ गीत ‘माया छ’ म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
गायक योञ्जनको शब्द, सङ्गीत तथा स्वरमा तयार भएको गीतमा गायिका एञ्जिल लामा लोप्चनले गायनमा साथ दिएकी छिन् ।
गीतको म्युजिक भिडिओमा लक्ष्मण भुसाल र बिना राउतको आकर्षक अभिनय देख्न सकिन्छ ।
नरेन श्रेष्ठले निर्देशन तथा सम्पादन गरेको भिडिओमा मनिषा लामाको पटकथा लेखन छ भने श्याम महर्जन प्रबन्धक हुन् । नवीन पाल निर्माता रहेको यस गीतलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS