काठमाडौँ । भुटानमा सम्पन्न भएको एएफसी यू–२० महिला एशिया कप छनौटमा भाग लिएर नेपाली राष्ट्रिय यू–२० महिला टोली आज स्वदेश फर्केको छ ।
टोलीलाई त्रिभुवन विमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए । भुटान साउदी अरबिया र उत्तर कोरिया सम्मिलित समूहमा नेपाल एक जित एक बराबरी र एक हारसहित समूह दोस्रो भएको थियो ।
भुटानसँग १–१ को बराबरी खेलेको नेपालले साउदी अरेबियासँग १–० को जित हासिल गरेको थियो भने उत्तर कोरियासँग ११–० को हार बेहोरेको थियो ।
FACEBOOK COMMENTS