काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज २०२६ अन्तर्गत थाइल्यान्डमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
‘फिफा सिरिज’ कार्यक्रम अन्तर्गत नेपालले कंगो, थाइल्यान्ड र ओएफसी क्षेत्रको एक टोलीसँग खेल्ने भएको एन्फाले जानकारी दिएको छ । यस प्रतियोगिताका खेल थाइल्यान्डको राचाबुरीस्थित राचाबुरी रंगशालामा आयोजना हुनेछन् ।
प्रतियोगिताअन्तर्गत अप्रिल १२ मा पहिलो खेलमा नेपालले कंगोसँग प्रतिस्पर्धा गर्नेछ। सोही दिन दोस्रो खेलमा थाइल्यान्डले ओएफसी टोलीसँग खेल्नेछ । त्यसपछि अप्रिल १५ मा पहिलो खेलका विजेता र दोस्रो खेलका विजेताबीच फाइनल खेल हुनेछ भने पराजित टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।
FACEBOOK COMMENTS