भाद्र २४, काठमाडौं।आसन्न एएफसी महिला एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग घरेलु मैदान दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल भदौ २४ र २७ गते दुईवटा मैत्रीपूर्ण खेल खेल खेल्दै छ ।
उक्त खेल खेल्नका लागि बंगलादेशको टोली काठमाडौं आइसकेको छ । नेपाल र बंगलादेशबीचको खेल हेर्न एन्फाले साधरणतर्फ २०० रुपैयाँ र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य तोकेको छ।
मंगलबार मात्रै महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका छन्। जसमा सात नयाँ खेलाडीले सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
यसपटक प्रीति राई, रश्मी घिसिङ, सविता राना, रजनी थोकर, सिर्जना सिंह, विमला विक र निशा थोकर गरी सात खेलाडीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। नेपाली टिम एसियन कपका लागि उज्वेकिस्तानमा आयोजना हुने छनोट प्रतियोगितामा समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। नेपालले असोज २ गते फिलिपिन्ससँग खेल्दै छनोटको सुरुआत गर्नेछ।
यस्तै, नेपालले दोस्रो खेलमा असोज ५ गते हङकङको सामना गर्नेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
