काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ ।युएईले प्रतिबन्ध हटाएसगैँ बिहीबारदेखि नेपाली श्रमिक युएई जान पाउने भएका छन् । दोस्रो लहरको कोभिड संक्रमणलाई ध्यानमा राख्दै युएईले नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, नाइजेरिया र युगान्डाका नागरिकलाई यात्रामा प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्ध हटाएसगैँ अब कोभिड–१९ विरुद्धको खोप लगाएको १४ दिनपछि नेपाली श्रमिकहरु युएई जान पाउनेछन् ।युएईको आवासीय भिसा भएका, तर खोप नलगाएका नेपालीहरूले युएईको पहिचान तथा नागरिक प्राधिकरणबाट युएई प्रवेश अनुमति लिनुपर्नेछ । यस्तै, युएईको सरकारी निकायमा कार्यरत व्यक्ति, युएईमा कार्यरत स्वास्थ्यकर्मी, युएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएईमा उपचार चलिरहेका व्यक्ति र विशेष मानवीय परिस्थिति भएका व्यक्ति मात्रै जान पाउनेछन् ।
यस्ता व्यक्तिसँग ४८ घन्टाभित्रको पिसिआर रिपोर्ट, नेपालको विमानस्थलमा ¥यापिड टेस्ट, युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुनेछ । त्यस्तै, यस्ता व्यक्तिले युएई प्रवेशमा क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने जनाईएको छ ।विश्वव्यापी कोरोनाको दोस्रो लहर सुरु भएलगत्तै युएई नेपाली श्रमिकलाई प्रवेश नदिदा बिदा लिएर वा कामको सिलसिलामा नेपाल आएका श्रमिक लामो समयदेखि नेपालमै रोकिएका थिए ।
FACEBOOK COMMENTS