काठमाडौं । नेपाली कांग्रेस अहिले दुई धारमा विभाजित भएको छ । कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टी सदस्य भएपछि सबै अनुशासनमा बस्नुपर्ने बैठकमा सांसद सुनिल शर्मालक्षित गर्दै संसदीय दलमा अनुशासन र मर्यादाबारे प्रश्न उठेको बताए ।
बैठकपछि उनले भने, ‘संसदीय दलका अनुशासन र मर्यादाको कुराबारे पनि प्रश्न उठेका छन् । के बोल्नु हुन्छ के हुँदैन भन्ने कुरा उठेका छन् । संस्थाको अभ्यास गर्दै आएको भएपनि त्यो नर्म्समा बस्न सक्नुपर्छ । पार्टीका सबै सदस्यले त्यो नर्म्समा बसेर कुरा गर्नुपर्छ ।’
त्यस्तै संसदीय दलको बैठकमा सांसद रामहरि खतिवडाले गृहमन्त्रीले छोरी कुटेर बुहारी तर्साउन खोजेको आरोप लगाए ।
उनले भने, ‘अहिले गृहमन्त्रीको पारा भएन । हामी पनि सरकारमै छौं । तर पनि हामीलाई तर्साउन खोज्दैछन् ।’ सुन प्रकरणमा आवाज रोक्नका लागि पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेको दाबी गरे । उनले भने, ‘उहाँले पहिला कुरा सुनेर पक्राउ गर्नुपर्ने तर, उहाँले बोली बन्द गराउन थुन्न लाग्नुभयो ।’
शर्माले आइतवार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कांग्रेस र एमालेको सरकार निर्माणको पहल थाल्न आग्रह गरेपछी दुई धारमा कांग्रेस विभाजित भएको छ ।
FACEBOOK COMMENTS