काठमाडौं । आगामि मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाको पत्यक्षतर्फ नेपाली कांग्रेसले ९० सिटमा उम्मेदवारी दिएको छ ।
गठबन्धन गरेर चुनावि माहोलमा होमिएको कांग्रेसले महिलाहरुलाई भने पक्षपात गरेको देखिन्छ ।
९० सिटमा जम्मा ५ जना महिलालाई मात्र टिकट दिएर नेपाली कांग्रेसले महिलालाई पक्षपात गरेको पुष्टि गरेकाे छ ।
कांग्रेसभित्र चुनाल लड्न सक्ने महिलाहरु धेरै नै छन् । तर, किन कांग्रेस महिलप्रति उदास भएको भन्ने विषय गम्भिर छ ।
यी हुन कांग्रेसबाट प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ५ महिला
१. तेह्रथुम- सीता गुरूङ
२. मोरङ– २ मा सुजाता कोइराला
३. सिराहा– २ मा चित्रलेखा यादव
४. मकवानपुर– १ मा महालक्ष्मी उपाध्याय ‘डिना’
५. अर्घाखाँची- पुष्पा भुसाल
FACEBOOK COMMENTS