काठमाडौं । नेपालीबाहेक अन्य भाषामा शपथ लिने सांसदहरूको संख्या ६२ पुगेको छ । ६२ जना सांसदले ‘नेपालीबाहेकको भाषामा शपथ लिन्छु’ भनेर नाम टिपाएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
गत २१ फागुनमा भएको प्रतिनिधिसभा चुनावबाट निर्वाचिन प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ बिहीबार दिउँसो २ बजे हुँदै छ । उनीहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनेछन् ।
संसद सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्वीर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टाअगावै उपस्थित हुन सांसदहरूलाई आग्रह गरेको छ ।