प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक आजै अपराह्न ३ बजे बस्ने गरी स्थगित भएको छ । प्रतिनिधिसभाको दोस्रो बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यसूची छ ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सैद्धान्तिक छलफल सकिएलगत्तै स्वीकृत भएको हो । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले कोही पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नहुने र कुनै पनि गैर नेपालीले नागरिकता प्राप्त गर्ने अवस्था ल्याउन नहुनेमा जोड दिए ।
FACEBOOK COMMENTS