काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले मुम्बई–११ लाई १८४ रनको लक्ष्य दिएको छ ।
मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा जारी दोस्रो अभ्यास खेलमा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको हो ।
नेपालका लागि आरिफ सेखले अविजित ६६ तन बनाए भने सन्दीप जोराले ३१, गुलशन झाले २३, आसिफ सेखले २५ र लोकेश बमले १५ रन बनाएका थिए ।
यस सम्पन्न पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो ।
FACEBOOK COMMENTS