काठमाडौं । नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल० को नेपालपे क्युआर आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्डबीच सहकार्य सम्बन्धि सम्झौता भएको हो ।
उक्त अवार्ड कार्यक्रम आगामी पुस ५ गते ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ । कार्यक्रममा विभिन्न १४ विधामा अवार्ड प्रदान गरिने छ ।
एनसीएचएलले नेपालको डिजिटल भुक्तानीको विकास र प्रवद्र्धनमा विगत १६ वर्ष देखि काम गर्दै आएको छ भने अवार्डले पनि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने विभिन्न कम्पनी, स्टार्टअप तथा व्यक्तित्वहरुलाई विशेष सम्मान र प्रोत्साहन गर्दै आएको छ ।
आइसिटी अवार्डसँगको यस सहकार्यले नेपालको डिजिटल इकोसिस्टम प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्युआर मापदण्ड कार्यान्वयन गर्न एनसीएचएलले नेपालपे क्युआर सञ्चालन गरी मर्चेन्टहरूलाई अन्तरआबद्धता
कायम गर्दै आएको छ ।
बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्युआरको अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढी मर्चेन्टहरु आबद्ध गरिसकेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ्ग एप, ११ वटा वालेट एप तथा कनेक्ट आइपीएसबाट नेपालपे क्युआर स्क्यान गरी सहज भुक्तानीको सुविधा प्रयोग गर्न सकिन्छ ।
FACEBOOK COMMENTS