काठमाडौं । शोधनान्तर अवस्था सुधार हुँदै गएको छ। पुस मसान्तसम्ममा शोधनान्तर स्थिति २७३ अर्ब ५२ करोडले बचतमा पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको छ।
त्यस्तै चालू खाता समेत राम्रो अवस्थामा छ । चालू खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो ।
FACEBOOK COMMENTS