काठमाडौं । गत फागुन २५ गते पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको राजसंस्था पक्षधरहरूको व्यापक उपस्थितिले नेपालमा राजसंस्था पुनर्स्थापनाको माहोल बलियो बनाएको छ ।
त्यही माहोलबाट उत्साहित भएका राजावादीहरूले भोलि (शुक्रबार) सङ्घीय राजधानी काठमाडौंको तीनकुनेमा ठूलो सङ्ख्यामा समर्थकहरू उतारेर आन्दोलन गर्न लागेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले यो आन्दोलन गर्न लागेको हो, जसको नेतृत्व गर्ने जिम्मा चर्चित मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईंलाई दिइएको छ । प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका नेतृत्वकर्तासमेत हुन् ।
स्मरण रहोस्, भोलि नै गणतन्त्रवादीहरूले पनि यसको प्रतिकारस्वरूप राजधानीकै भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् । परिवर्तित व्यवस्था उल्टाउन र विद्यमान व्यवस्था जोगाउन हुन लागेको यो आन्दोलनमा बाह्य देशहरूको पनि राम्रै नजर छ ।
नेपालमा जब–जब राजनीतिक उथलपुथल हुन्छ वा हुने सङ्केत देखिन्छ, तब–तब दक्षिणी छिमेकी राष्ट्र भारतको प्रत्यक्ष–परोक्ष संलग्नता रहने गरेको जगजाहेर छ । भारतमा अहिले भारतीय जनता पार्टी (बीजेपी) को सत्ता छ । यो हिन्दुत्ववादी पार्टी हो । हिन्दुत्वको विकास, विस्तार र संरक्षण गर्दै देशलाई द्रुत अग्रगमनतर्फ लैजानु नै उसको मुख्य एजेण्डा हो । हिन्दुहरूको बाहुल्यता रहेको भारतमा बीजेपीले समातेको हिन्दुत्ववादी मुद्दाकै कारण त्यहाँका जनताले उसलाई लगातार सत्ताको नेतृत्व सुम्पिरहेका हुन् । भारत हिन्दुराष्ट्र त होइन तर त्यहाँ बहुसङ्ख्यक हिन्दु छन् ।
यता, कुनैबेला हिन्दुराष्ट्र रहेको नेपाल अहिले धर्मनिरपेक्ष राष्ट्र हो । यद्यपि, अहिले पनि यहाँ हिन्दुहरूकै बाहुल्यता रहेको तथ्यलाई अस्वीकार गर्न सकिँदैन । त्यसैले नेपालमा हिन्दुराष्ट्र पुनर्स्थापना हुनुपर्छ भन्नेहरूको सङ्ख्या पनि ठूलै छ । साथै, भारतले पनि नेपालमा हिन्दुराष्ट्र पुनर्स्थापना होस् भन्ने चाहना राखेको पाइन्छ ।
नेपालमा राजावादीहरूले गरिरहेको आन्दोलनलाई मुख्यतः राजसंस्था पुनर्स्थापनाका पक्षमा रहेको अर्थ्याइए पनि यसको माग हिन्दुराष्ट्र पुनर्स्थापनाको पनि हो । त्यसो हुँदा भारत आफ्नो चाहनालाई नेपालका राजावादीहरूले मात्र पूरा गर्न सक्छन् भन्ने ठान्छ । त्यसैले पनि सत्तारूढ बीजेपी नेपालमा राजसंस्था पुनर्स्थापनाको पक्षमा देखिएको हो ।
स्मरणीय छ, पूर्वराजा ज्ञानेन्द्र शाहले गत जनवरीमा उत्तर प्रदेशको भ्रमणमा गएका बेला त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए । उत्तर प्रदेशको भ्रमणबाट फर्किएको केही समयपछि नेपालमा राजसंस्था पक्षधरहरू सडक आन्दोलनमा आउनु र फागुन २५ मा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका नाममा भएको प्रदर्शनमा मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरअङ्कित पोस्टर प्रयोग हुनुले भारत नेपालमा राजसंस्था चाहन्छ भन्ने विषयलाई थप बल पुर्याउँछ ।
किनकि, योगी आदित्यनाथ नेपालमा राजसंस्थाको समर्थन गर्ने कट्टर हिन्दुवादी भारतीय नेता हुन् । उनलाई भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीपछि सबैभन्दा प्रभावशाली बीजेपी नेता मानिन्छ । साथै, पार्टीभित्र र बाहिर उनलाई मोदीपछि बीजेपीको सम्भावित उत्तराधिकारीका रूपमा समेत हेरिन्छ । नेपालसँग ‘रोटी–बेटी’को सम्बन्ध रहेको भनिने तथा निकट भविष्यमा विश्वको तेस्रो शक्तिराष्ट्र बन्ने दौडमा रहेको भारतका यति प्रभावशाली नेताको तस्बिर राजसंस्था पुनर्स्थापनाको पक्षमा प्रयोग हुनुले नेपालमा हिन्दुराष्ट्र र राजसंस्थाको पुनरोदयकाे प्रयासमा भारत सक्रिय छ भन्ने बलियाे सन्देश प्रवाहित गरेको छ ।
वास्तवमा, योगी आदित्यनाथ नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेदेखि नै खुसी थिएनन् । सन् २००६ मा उत्तर प्रदेश सरकारको नेपाल नीतिबारे सोधिएको प्रश्नमा उनले नेपालमा शान्ति र स्थिरता राजतन्त्रबाट मात्रै सम्भव रहेको भन्दै यो व्यवस्था आवश्यक हुने बताएका थिए ।
यी समाचारहरू पनि पढ्नुहाेस्
‘नेपालको व्यवस्था परिवर्तनमा साथ नदिए भारत टुक्रिन्छ, मणिपुर क्रिश्चियन राज्य बन्छ’
राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा योगी आदित्यनाथको तस्बिर प्रयोग हुनुको अन्तर्य
प्रधानमन्त्रीले चाहे पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रहरीले पक्राउ नगर्ने, यस्तो छ कारण (भिडिओ)
देउवा भन्छन्– ज्ञानेन्द्र शाह फेरि राजा बन्नलायक छैनन्, राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ
गोरखाबाट पूर्वराजाको सन्देश– मेरो सक्रियतादेखि कोही डराउनु पर्दैन
‘पूर्वराजालाई स्वागत गर्दा त मुटु हल्लियो भने आन्दोलन गर्दा के हालत होला ?’
सरकारलाई रामहरि खतिवडाको प्रश्न– पूर्वराजाले संविधान मान्नु पर्छ कि पर्दैन ?
पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको प्रश्न : देश के भएको छ र बनाउनलाई ?
FACEBOOK COMMENTS