काठमाडाैं । नेपाल टेलिकमले एक कर्मचारी अध्ययन बिदा सकिएर पनि कर्यलय नफर्केपछि एक्सन लिएकाे छ । टेलिकमले वरिष्ठ इन्जिनियर उमेश गुप्तालाई सेवाबाट हटाएको हाे।
उनी टेलिकमको विशेष आयोजना विभागमा कार्यरत थिए। उनले २०७४ माघ ८ देखि २०७७ मंसिर २७ सम्म बेतलबी अध्ययन बिदा लिएका थिए। त्यसपछि उनी कार्यालयको काममा फर्केका थिए।
तर २०७८ फागुन ३ देखि उनी कार्यालयमा अनुपस्थित छन्। उनलाई गत साउन १३ मा सम्पर्कमा आउन टेलिकमले सूचना निकालेर भनेको थियो।
उनी सम्पर्कमा नआएकोले सेवाबाट हटाइएको टेलिकमले जनाएको छ। उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो।
FACEBOOK COMMENTS