काठमाडौँ । नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच सन् २०१८ बाट सञ्चालन हुँदै आइरहेको नेपाल– अमेरिका ल्याण्ड फोर्स टक, छैटौँ संस्करणको तीन दिने कार्यक्रम जङ्गी अड्डामा शुभारम्भ भएको छ ।
दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्य लगायतका विषयहरूमा सैनिक अनुभव तथा सहयोग आदान प्रदान हुने उक्त कार्यक्रमका दौरान युनाइटेड स्टेट आर्मी पासिफिक टिमको नेतृत्व गरी नेपाल आएका लिएउटेन्ट जनरल स्कट ए विन्टर र प्रधानसेनापति महारथी अशोक राज सिग्देलबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।
नेपाली सेनाले पेसागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भारत, चीन, बेलायत, पाकिस्तान लगायतका विभिन्न मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आई रहेको छ । यस प्रकारका कार्यक्रमहरूले मित्रराष्ट्रका सेनाहरू बिच रहँदै आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।
FACEBOOK COMMENTS